असार २४, २०८२ मंगलबार July 8, 2025

गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणमा लाग्न राष्ट्रपतिको आग्रह

नेपालीको साहस र वीरताको इतिहास विश्वमा प्रचार गरौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै मिलेर लाग्न आग्रह गर्नुभएको छ ।

भीमसेन थापा स्मृति प्रतिष्ठानले आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजना गरेको भीमसेन थापा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विभिन्न जातजाति संस्कृति र परम्परा रहेको नेपाललाई राष्ट्रिय एकतामा गाभ्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपालको स्वतन्त्रता र अखण्डताका लागि भीमसेन थापाको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको इतिहासलाई विश्वव्यापीकरण गरेर नेपाल सधैँ स्वतन्त्र रहेको सन्देश प्रवाह गर्नु जरुरी रहेको पनि बताउनुभयो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार २०८१ बाट मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक अध्यक्ष वरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेलाई सम्मानित गर्नुभयो ।

सो पुरस्कारको राशि सम्मान पत्रसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद रहेको छ ।

मृगेन्द्र सम्झना चिकित्सा गुठीले स्वास्थ्य, खानेपानी सरसफाई र बाल बचाउ अभियानमा दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा महत्वपूर्ण कामहरू गर्दै आएको छ ।

पुरस्कार वितरण समारोहमा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वर तिमिल्सिनाले उत्कृष्ट सामाजिक काम गर्दै आएका संस्था र व्यक्तिको सम्मानका लागि प्रतिष्ठानले वर्षेनि यस्तो पुरस्कार प्रदान गर्दे आएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष त्रिरत्न मानन्धर र पुरस्कृत व्यक्तित्व डा मृगेन्द्रराज पाण्डेले समाज सेवाको क्षेत्रमा आगामी दिनमा थप जिम्मेवारीका साथ अघि बढ्न यस कार्यक्रमबाट थप प्रेरणा प्राप्त भएको बताउनुभयो ।

राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित सम्मान कार्यक्रममा प्रथम महिला सविता पौडेलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा आज भएको सौर्य एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार