असार २७, २०८२ शुक्रबार July 11, 2025

विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गर्न सांसदहरूको जोड

विद्यालय तहका कक्षाहरूमा महिनावारी शिक्षा पठनपाठको व्यवस्था  गर्न सरकारलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्नेमा जोड दिनुभएको छ ।

संसदको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरु, रोशन कार्की, कल्पना मिया, शान्ति श्रेष्ठ, जावेदा खातुन् र ईश्वरबहादुर रिजालले विद्यालय तहका बालबालिकालाई  लैङ्गिक शिक्षा दिन सके भविष्यमा लैङ्गिक हिंसा स्वतः कम हुने विचार व्यक्त गर्नुभयो ।

पछिल्लो समय अधिकांश बालबालिकाहरू नयाँ प्रविधिसँग नजिक रहने गरेकाले उनीहरुलाई प्रविधिको सुरक्षित प्रयोग गर्न विद्यालयतहबाटै सिकाइ आरम्भ गर्नुपर्नेमा जोड दिँदै उहाँहरूले विद्यालय तहका कक्षाहरूमा महिनावारी शिक्षा पठनपाठको व्यवस्था  गर्न सरकारलाई आग्रह गर्नुभयो ।

बैठकमा युनेस्को नेपालका शिक्षा शाखा प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले सरकारसँग सहकार्य गरी सूचना साक्षरता र विद्यालयमा बालिकामाथि हुने हिंसालाई न्यूनीकरण गर्ने अभियानहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया