श्रावण १, २०८२ बिहिबार July 17, 2025

ग्लोबल टी–२० क्रिकेट लिग : भेनकुवर बंगाल टाईगर्ससँग २२ रनले पराजित

सन्दीप र दीपेन्द्र आवद्ध भेनकुवरको दोस्रो हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १३ गते ।  ग्लोबल टी–२० क्रिकेट लिग अन्तर्गत नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार खेपेको छ ।

क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार राति भएको खेलमा भेनकुवर बंगाल टाईगर्ससँग २२ रनले पराजित भयो । जितका लागि बंगालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो ।

भेनकुवरका लागि हर्ष ठाकरले सर्वाधिक ७९ रन बनाउनुभयो । डिवान प्रिटोरियसले २९ र रिजा हेनरिक्सले १० रन बनाउनुभयो । नेपालका अलराउन्डर दीपेन्द्रले दुई बलमा एक बनाउनुभयो । सन्दीप दुई रनमा अविजित रहनुभयो ।

बलिङमा बंगालका कप्तान साकिब अल हसनले तीन विकेट लिनुभयो । गुरपाल सिन्धु, डेबिड विजे र शरिफुल ईस्लामले एक एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५२ रन बनाएको थियो ।

बंगालका लागि इफ्तिखार अहमदले ५० रन बनाउनुभयो । हरजततुल्लाह जाजईले ३३, डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन जोड्नुभयो । बलिङमा भेनकुवरका लागि सन्दीपले दुई विकेट लिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार