श्रावण १, २०८२ बिहिबार July 17, 2025

स्याङ्जामा भदौ १ गतेदेखी गल्याङ प्रिमियर लिग क्रिकेट आयोजना हुुने

आगामी भदौ १ गते बाट सुरु हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ, साउन १५ गते । स्याङ्जामा ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) हुने भएको छ । गल्याङ क्रिकेट संघको आयोजनामा खेल हुन लागेको हो ।

आगामी भदौ १ गते बाट सुरु हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहने आयोजक समितिका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले रु. एक लाख र दाेस्रो हुनेले रु. ५० हजार सहित विभिन्न पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष भण्डारीको भनाइ छ । सङ्घले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

बर्खाको समयमा खेल प्रभावित नहोस भनेर तीन ठाउमा खेल मैदान छनोट गरिएको संस्थाका सचिव अमृत खनालले बताउनुभयो । उहाँका अनुसार गल्याङ १ मालुुङ्गा खेल मैदान, गल्याङ ११ दिमिक क्रिकेट मैदान र पाल्पाको रम्भा गाउपालिका १ असेर्दीलाई छनोट गरिएको छ ।

जिल्लामा नै ठूलो धनराशी रहेको प्रतियोगिताले खेलाडि उत्पादनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष ठगेन्द्र थापाको भनाइ छ । विभिन्न दाता र स्थानीय सरकारको सहयोगमा प्रतियोगिता गर्न लागिएको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार