असार १, २०८२ आइतबार June 15, 2025

झापामा एक हजार एक सय १० उद्योग दर्ता

दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा)। आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी रु तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा रु पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।

उक्त कार्यालयले गत आवमा रु दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा रु एक करोड ८० लाख छ हजार सङ्कलन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया