असार २२, २०८२ आइतबार July 6, 2025

पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

अब क्वाटरफाइनलमा आयोजक फ्रान्सले ब्राजिलसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिकमा महिला फुटबलतर्फ क्वाटरफाइनल समीकरण पूरा भएका छन् । बुधबार राति लिग चरणका खेलहरु सकिएपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

समूह ए बाट फ्रान्स र क्यानडा शीर्ष दुईमा हरँदै क्वाटरफाइनल पुग्दा समूह बी बाट अमेरिका र जर्मनीले अन्तिम ८ मा स्थान बनाए ।

फ्रान्सले अन्तिम खेलमा न्युजिल्याण्डलाई २-० ले तथा क्यानडाले कोलम्बियालाई १-० ले पराजित गर्‍यो । समूह बीअन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई २-१ ले तथा जर्मनीले जाम्बियालाई ४-१ ले हरायो ।

यस्तै समूह सी बाट स्पेन र जापान शीर्ष दुईमा रहँदै क्वाटरफाइनल पुगेका हुन् ।

ब्राजिलललाई अन्तिम खेलमा २-० ले पराजित गर्दै स्पेन समूह सी मा सबै तीन खेल जितेर शीर्ष स्थानमा रहेको हो । यस्तै नाइजेरियालाई ३-१ ले हराउँदै जापान समूह उपविजेता बन्यो ।

यसैगरी तेस्रो हुने मध्येबाट उत्कृष्ट दुईमा रहँदै न्युजिल्याण्ड र कोलम्बियाले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

अब क्वाटरफाइनलमा आयोजक फ्रान्सले ब्राजिलसँग खेल्नेछ भने स्पेनले कोलम्बिया, अमेरिकाले जापान तथा क्यानडाले जर्मनीसँग खेल्नेछ । क्वाटरफाइनल खेलहरु अगष्ट ३ मा हुनेछ । यस्तै सेमिफाइनल खेल अगष्ट ६ र फाइनल खेल अगष्ट १० मा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार