चैत्र १४, २०८१ बिहिबार March 27, 2025

काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि सुरु हुँदै

उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंका प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंका प्रतिस्पर्धा हुने भएको छ । मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलो पटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।

आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन् । सो खेल आज साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलो पटक नेपालमा खेल्न आएको हो ।

लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ हुने टोली बाहिरिनेछ । लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ: महासचिव पोखरेल
२०८१ चैत्र १३, बुधबार
बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा
२०८१ चैत्र १३, बुधबार
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार