बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

तोलामा चार सयले बढ्यो सुनको मूल्य

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ साउन : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु चार सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४५ चार सय निर्धारण भएको छ ।

उता, चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया