चैत्र १३, २०८१ बुधबार March 26, 2025

काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी शुरुवात

नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालले काठमाडौँमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी शुरूआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो ।

नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्ने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५; १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया