असार २१, २०८२ शनिबार July 5, 2025

पेरिस ओलम्पिकमा भारतलाई तेस्रो पदक, स्वप्निलले जिते काश्य

महिला वा पुरुषको ५० मिटर राइफल ३ पोजिसनमा ओलम्पिक पदक जित्ने स्वप्निल पहिलो भारतीय बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले तेस्रो पदक जितेको छ ।

भारतका स्वप्निल कुसलेले पुरुष ५० मिटर राइफल थ्री पोजिसनमा कास्य पदक जितेका हुन् । यो ओलम्पिकमा सुटिङमा भारतको तेस्रो पदक हो । स्वप्निल मनु भाकरले महिला १० मिटर एयर पिस्टलमा कास्य जितेकी थिइन् भने मनुले सरबजोत सिंहसँगै १० मिटर एयर पिस्टल मिक्स इभेन्टमा पनि कास्य जितेकी थिइन् । महिला वा पुरुषको ५० मिटर राइफल ३ पोजिसनमा ओलम्पिक पदक जित्ने स्वप्निल पहिलो भारतीय बनेका छन् ।

पदक जित्ने आशा नगरिएका स्वप्निलले काश्य पदक जितेर सबैलाई चकित पारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । राइफल थ्री पोजिसनमा शूटरले तीन पोजिसनमा लक्ष्य राख्छ । यसमा घुँडा टेक्नु, टेक्नु वा पेटमा सुत्नु र खडा हुनु समावेश छ । स्वप्निलले स्ट्यान्डिङ पोजिसनमा उत्कृष्ट पुनरागमन गर्दै पदक जितेका थिए ।

स्वप्निलले घुँडा टेकेर १५३.३ स्कोर गरेका थिए । यसपछि प्रोन पोजिसनमा उनको कुल स्कोर ३१०.१ भयो । एलिमिनेशन राउन्ड घुँडा टेकेर र प्रोन पोजिसन पछि सुरु भयो र त्यसपछि स्ट्यान्डिङ पोजिसनमा दुई शटहरू हानेका थिए । घुँडा टेक्ने राउण्डमा प्रोन पोजिसनपछि पनि स्वप्निल छैटौं स्थानमा रहे ।

तर, एलिमिनेशन राउण्ड सुरु हुनेबित्तिकै स्वप्निल पहिला पाँचौं र त्यसपछि तेस्रो स्थानमा पुगे । पूरै एलिमिनेशन राउण्डमा स्वप्निल तेस्रो भए । उनी युक्रेनका दोस्रो स्थानका शूटर सेर्हीभन्दा ५ अंकले पछि परेर रजत पदकबाट चुकेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार