असार २४, २०८२ मंगलबार July 8, 2025

ओलीले दुबै पदबाट राजीनामा दिनुको विकल्प छैनः गृहमन्त्री थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधवार साँझ नेकपा स्थायी समितिका बहुसंख्यक सदस्यहरुको ललितपुर स्थित झम्सीखेलमा रहेको अगेनो होटलमा आयोजित प्रचण्ड-नेपाल समुहको भेलामा उनले यस्तो बताएका हुन् ।

असार १० गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकमा पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुलाई भारतको दलालका रुपमा चित्रण गरे पछि उनीसँग नेताहरु रुष्ट भएका हुन् ।

ओली पक्षधरको आरोप लागिरहेको सन्दर्भमा नेता बादलको यो अभिव्यक्तिले उनलाई ओली विराेधी कित्तामा पुर्याईदिएको छ । झम्सीखेल बैठकमा पहिलो पटक गृहमन्त्री थापा पनि प्रधानमन्त्री ओली विरूद्ध भेलामा सहभागी भएका हुन् ।

भेलामा आफ्नो विचार राख्ने क्रममा  गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले पार्टी र सरकारको तर्फबाट सही नेतृत्व दिन नसकेकाले तत्काल उनको विकल्प खोज्नुपर्ने बताएका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली निकट भनेर चिनिएका गृहमन्त्री बादल समेत झम्सीखेल बैठकमा गएपछि सचिवालयमा ओलीसँग अब दुईजना मात्र सदस्य कायम रहने भएका छन् ।

३१ जना स्थायी समिति सदस्यहरुको प्रम ओली विरुद्ध आगामि रणनीतिका बारेमा आयोजित उक्त भेलामा सचिवालयका सदस्यहरुले ओलीले पार्टी दर्ताका लागि पठाएका प्रमाणका विषयमा पनि छलफल भएको बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार