चैत्र १३, २०८१ बुधबार March 26, 2025

विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

स्पष्टीकरणमा जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले दुवैलाई पदमुक्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन् ।

ऊर्जा मन्त्री दिपक बहादुर खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै प्राधिकरणका सञ्चालकहरु भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त गरेका थिए ।

दुवै सदस्यले वक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेपछि मन्त्रालयले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो र स्पष्टीकरणमा जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले दुवैलाई पदमुक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार
इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
२०८१ चैत्र १३, बुधबार
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
२०८१ चैत्र १३, बुधबार
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
२०८१ चैत्र १३, बुधबार