असार २४, २०८२ मंगलबार July 8, 2025

संसदको चालु अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मन्त्रीपरिषदको बैठकले संसदको बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवाश बालुवाटारमा बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

पार्टी भित्र नैतिक संकटमा परेका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग यस बिषयमा बिहान मात्र परामर्श गरि फर्किएलगत्तै बसेको  मन्त्रीपरिषद बैठकले  संददको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् ।

यो अधिवेशनको अन्त्यसँगै  विवादास्पद अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समेत अन्याैलमा परेको छ । संघीय संसदको बजेट अधिवेशन गत ३० बैशाखदेखि सुरु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार