असार २८, २०८२ शनिबार July 12, 2025

बैंकहरुले कमाए ६४ अर्ब १५ करोड मुनाफा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २२ साउन । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँ खुद मनुाफा कमाएका छन् ।

जुन अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८०मा वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

कर्जा असुलीमा केही समस्या देखिए पनि २० वटामध्ये १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकहरुको निष्क्रिय कर्जा बढेको छ ।

प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।

एनएमबी बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र राष्ट्रिय वाणिज्य बैंंकको नाफा घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले चार अर्ब ४८ करोड आठ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो वर्ष बैंकको निष्क्रिय कर्जा चार दशमलव ७८ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्ष बैंकले २८ करोड दुई लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा चार दशमलव ९८ प्रतिशत थियो । स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो बैंकको निष्क्रिय कर्जा दुई दशमलव ४४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष बैंकले तीन अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा एक दशमलव १८ प्रतिशत थियो ।

सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी र एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०८०/८१ मा क्रमशः एक अर्ब ३४ करोड २४ लाख ६६ हजार, पाँच अर्ब १९ करोड ८३ लाख २० हजार, दुई अर्ब ३३ करोड ६५ लाख ९९ हजार र एक अर्ब ३८ करोड १८ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यी बैंकहरुको निष्क्रिय कर्जा क्रमशः चार दशमलव शून्य चार, चार दशमलव ९५, तीन दशमलव २७ र तीन दशमलव ४१ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षमा भने यी बैंकहरुले क्रमशः एक अर्ब ८६ करोड ३७ लाख ५६ हजार, तीन अर्ब ७२ करोड आठ लाख ३३ हजार, तीन अर्ब सात करोड ९७ लाख २३ हजार र चार अर्ब ४४ करोड ४७ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए भने निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ३९, चार दशमलव ५४, दुई दशमलव ७५ र शून्य दशमलव ६८ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ मा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कुमारी र हिमालयन बैंकले भने क्रमशः तीन अर्ब तीन करोड ४५ लाख ३९ हजार, तीन अर्ब ७७ करोड ४३ लाख दुई हजार, दुई अर्ब ३० करोड ८२ लाख १२ हजार र दुई अर्ब ८३ करोड ८० लाख ४९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ७२, चार दशमलव ६७, चार दशमलव ९५ र चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा भने यी बैंकहरुले क्रमशः दुई अर्ब २८ करोड ५२ लाख ३९ हजार, एक अर्ब दुई करोड ७९ लाख ९९ हजार, ५१ करोड ७९ लाख २१ हजार र एक अर्ब ५६ करोड २८ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः दुई दशमलव ९१, चार दशमलव ८५, चार दशमलव ९६ र चार दशमलव र चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय थियो ।

यसैगरी सानिमा, माछापुच्छ्रे, नबिल र एभरेष्ट बैंकले भने आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः दुई अर्ब ३८ करोड १९ लाख ४१ हजार, एक अर्ब २५ करोड एक लाख ६७ हजार, सात अर्ब छ करोड तीन लाख ३३ हजार र तीन अर्ब ७० करोड छ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ७३, दुई दशमलव २६, तीन दशमलव ३९ र शुन्य दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा यी बैंकहरुले क्रमशः दुई अर्ब ६० करोड ५७ लाख ९३ हजार, एक अर्ब ६२ करोड ५५ लाख २५ हजार, छ अर्ब ४० करोड ४९ लाख ३६ हजार र तीन अर्ब ३६ करोड २१ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ३१, दुर्ई दशमलव २६, तीन दशमलव ३९ र शून्य दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

ग्लोबल आईएमएई, सिद्धार्थ र नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ मा क्रमशः छ अर्ब एक करोड ६२ लाख १६ हजार, तीन अर्ब एक करोड ५५ लाख ३५ हजार र दुई अर्ब एक करोड ३७ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ३७, दुई दशमलव २२ र दुई दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा यी बैंकहरुले क्रमशः छ अर्ब ६९ करोड ४३ लाख ५८ हजार, तीन अर्ब १६ करोड ६७ लाख ७१ हजार र एक अर्ब ९६ करोड पाँच लाख आठ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए भने क्रमशः तीन दशमलव १५, दुई दशमलव शून्य एक र दुई दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने क्रमशः तीन अर्ब ६५ करोड ५६ लाख ६२ हजार, एक अर्ब ६५ करोड ६८ लाख ३१ हजार र तीन अर्ब ३९ करोड ८२ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव ४४, तीन दशमलव २८ र तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा भने यी बैंकहरुले क्रमशः एक अर्ब ३२ करोड ३४ लाख ११ हजार, तीन अर्ब ४३ करोड ७५ लाख ५७ हजार र तीन अर्ब ५९ करोड ५१ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः दुई दशमलव ७८, दुई दशमलव ८५ र तीन दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । (आर्थिक दैनिकबाट)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार