असार २८, २०८२ शनिबार July 12, 2025

शेख हसिनाको मुश्किल बढ्दै, अमेरिकाको भिसा रद्ध, बेलायतले शरण दिन आनाकानी !

बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्ध गरेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

त्यस्तै हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्बजनिक भएपछि बेलायतले उनलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको रिपोर्टमा उल्लेख गरिएको छ । ढाका ट्रीबुनले ढाकास्थित अमेरिकी दुताबासले हसिनाको भिसा बारे प्रक्रिया दिन अस्वीकार गरेको उल्लेख गरेको छ ।

दुताबासले कुनै पनि व्यक्तिको भिसा बारेको सूचना निजी विषय भएकोले यस बारेमा जानकारी दिन नमिल्ने बताएको छ । तर विभिन्न मिडियाले आफ्ना स्रोतहरुलाई उल्लेख गर्दै अमेरिकाले हसिनाको भिसा रद्ध गरेको उल्लेख गरेका छन् ।

बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ । तर मिडिया रिपोर्टमा सेख हसिनाले बेलायतसँग शरण मागेको र कानुनी प्रक्रिया भइरहेको दाबि गरिएको छ ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि हेलिकप्टरमा भारत आएकी हसिना अहिले भारतको सुरक्षामा अज्ञात स्थलमा रहेकी छन् । उनलाई भारतले कडा सुरक्षा दिएर राखेको बताइएको छ । उनी अब कहिलेसम्म भारतमा बस्छिन् भन्ने स्पष्ट छैन ।

यसैबीच बंगलादेशबाट हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । बंगलादेशको बार एसोसियसनले भारतले तुरुन्त हसिनालाई फिर्ता गर्नुपर्ने माग राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार