असार २८, २०८२ शनिबार July 12, 2025

हमास समूहको प्रमुखमा याह्या सिनवार नियुक्त

सिनवार युद्धविराम सम्झौताका लागि हनियाभन्दा पनि बढी अनिच्छुक नेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम, २४ साउन । गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ । गत अक्टोबर ७ मा गाजा युद्ध भड्काउने आक्रमणका मुख्य योजनाकारमध्ये एकका रूपमा इजरायलले सिनवारको नाम लिने गरेको छ ।

तेहरानमा हनियाको हत्यापछि इरानले प्रतिशोध लिने चेतावनी आइरहेका समय हमास समूहले यो घोषणा गरेको हो ।

इरानले हनियाको मृत्युको दोष इजरायललाई दिएको छ र घटनाको बदला लिने कसम खाएको छ भने हमासको लेबनानी सहयोगी हेजबुल्लाहले पनि बेरुतमा इजरायली आक्रमणमा हनिया र उनका सैन्य कमाण्डर फुआद शुकरको हत्याको बदला लिने प्रतिबद्धता जनाएको छ ।

सन् २०१७ देखि गाजामा हमासको नेतृत्व गर्दै आएका सिनवार र हनिया कतारमा बस्दै आएका थिए ।

हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार सिनवारको चयनले लडाकू समूहले ‘प्रतिरोधको बाटो जारी राखेको’ सन्देश दिएको छ ।

कब्जा गरिएको वेस्ट बैङ्कमा प्यालेस्टिनी प्राधिकरण सञ्चालन गर्ने प्रतिद्वन्द्वी फताह आन्दोलनको केन्द्रीय समितिका सचिव जिब्रिल राजौबले यो निर्णय ‘तार्किक र अपेक्षित’ भएको बताए ।

हेजबुल्लाहले सिनवारलाई बधाई दिँदै भनेको छ, “यो नियुक्तिले ‘हमासका नेता र अधिकारीहरूको हत्या गरेर शत्रु।नास्ने आफ्नो उद्देश्य हासिल गर्न इजरायल असफल भएको पुष्टि गर्छ ।

इजरायलका विदेशमन्त्री इजरायल काट्जले सिनवारको हमास प्रमुखमा भएको नियुक्तिपछि दिएको प्रतिक्रियामा भने, “सिनवारको नियुक्ति कुनै अनौठो नभएको र यो ती नेताको पनि छिट्टै अन्त्य हुने र हमासजस्तो घृणित सङ्गठनलाई ध्वस्त पार्ने अर्को बाध्यकारी कारण हुने बताउनुभएको छ ।”

विश्लेषकहरूका अनुसार सिनवार युद्धविराम सम्झौताका लागि हनियाभन्दा पनि बढी अनिच्छुक नेता हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै युद्धविरामका लागि सिनवारले सहयोग गर्ने बताएका छन् ।

यसैबीच, शुकरको मृत्यु भएको एक हप्ता नबित्दै हेजबुल्लाहका नेता हसन नसरल्लाहले टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो समूह र तेहरान हनिया र शुकरको मृत्युप्रति प्रतिक्रिया जनाउन बाध्य भएको बताएका छन् ।

हेजबुल्लाहले यस क्षेत्रमा इरान समर्थित समूहहरूको ‘एक्लै वा सबैको नेतृत्व गर्दै’ प्रतिकार गर्ने नसरल्लाहले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार