असार ३२, २०८२ बुधबार July 16, 2025

एभरेस्ट महिला भलिबल लिगमा ६ वटा  फ्रेन्चाइज टोली सहभागि हुने

हरेक टोलीमा नौ खेलाडी रहने र तीन जना विदेशी खेलाडी राख्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन २४ गते । पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगमा ६ वटा  फ्रेन्चाइज टोलीको सहभागिता रहने भएको छ ।

आयोजक इन्फिनिटी डिम्स प्रालिले बिहीबार सहभागि टोली सार्वजनिक गरेको हो ।  लिगमा टिम काठमाडौँ, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीको सहभागिता रहनेछ ।

काठमाडौँँको लगानी कर्तामा शरदकृष्ण टिबरेवाला, ललितपुरको अनुज एम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपालं), मधेशको रोहित अग्रवाल र विशाल अग्रवाल, गण्डकीको सौरभ केडिया, चितवनको निम्बस होल्डिंग्स तथा कर्णालीको राजेश बगडिया र प्रतिक अधिकारी हुनुहुन्छ ।

हरेक टोलीमा नौ खेलाडी रहने र तीन जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ । नेपाली खेलाडीलाई अक्सनका आधारमा ए, बी र सी श्रेणीमा विभाजन गरी एक लाख ५० हजार, एक लाख र ५० हजार रुपियाँ पारिश्रमिक प्रदान गरिने बताईएको छ ।

प्रतियोगिताको मिति र विजेता तथा उपविजेतको पुरस्कार राशि पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । लिगलाई नेपाल भलिबल सङ्घले प्राविधिक सहयोग गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया