असार २८, २०८२ शनिबार July 12, 2025

१७ महिना पछि छुटने भए आपका नेता मनिष सिसोदिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, २५ साउन । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप)का नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ।

गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो । आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो ।

फैसला सुनाउँदै सर्वोच्च अदालतले मनिषलाई लामो समयदेखि जेलमा राखिएको जनाएको थियो । कुनै पनि सजाय बिना कसैलाई पनि लामो समय जेलमा राख्न सकिदैन ।

मनीषले तल्लो अदालत र त्यसपछि उच्च अदालत गएका थिए । त्यसपछि मात्रै सर्वोच्च अदालत आउनु पर्छ भनिएको थियो । उनले दुवै अदालतमा निवेदन दिएका थिए । त्यसपछि मनिषले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पहिलो आदेश अनुसार ६ देखि ८ महिनाको म्याद सकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया