असार २७, २०८२ शुक्रबार July 11, 2025

झापामा डेंगीबाट शिक्षिकाको मृत्यु

४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ ।

हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा निधन भएको हो ।

महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बीएन्डसी अस्पताल लगिएको थियो । उहाँको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया