कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सर्लाहीमा ड्रागन फ्रुटको व्यावसायिक खेती बढ्दै

एउटा बिरुवाबाट वर्षमा १० किलोसम्म फल उत्पादन हुने भएपछी किशान आकर्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बरहथवा। सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ। स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन्।

सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीका चन्द्रमणि मैनालीले अन्य पेसा व्यवसाय छाडेर ड्रागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने क्रम बढ्दै गएको बताए। यस फलको राम्रो भविष्य देखेर आफू पनि व्यावसायिक खेतीमा लागेको उनले जानकारी दिए। ‘पहिलो चरणमा आफ्नै ३३ कठ्ठा खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेको छु । हाल १४ सय ७० वटा सिमेन्टका पोलमा चारवटाका दरले पाँच हजार आट सय ८० वटा बिरुवा हुर्काउन सफल भएको छु’, मैनालीले भने।

उनले लगाएको ड्रागन फ्रुटको बिरुवाले तीन वर्ष पुग्दानपुग्दै फल दिन सुरू गरिसकेको छ। उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुने गरे पनि मागअनुसार नजिकका बजार तथा काठमाडौंसम्म पठाउने गरेको मैनालीले बताए। उनले एउटा बिरुवाबाट वर्षमा १० किलोसम्म फल उत्पादनको लक्ष्य राखेको बताए।

यहाँ ड्रागन फ्रुट प्रतिकिलो रु तीन सय ५० देखि रु चार सयसम्म बिक्री हुने गरेको छ। गत वर्ष करिब रु ५० लाखको बिरुवा र सोही बराबरको फल बिक्री गरेको मैनालीले सुनाए। ‘माग बढ्दो छ तर सोअनुसारको उत्पादन छैन। बिरुवा हुर्कँदै गरेकाले पनि मेरो बारीमा थोरै फलेको छ। व्यापारीहरूको माग पूरा गर्न सकेको छैन’, उनले भने।

यस्तै सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशील खड्काले पनि व्यावसायिक उत्पादनको लक्ष्यसहित ड्रागन फ्रुटको खेती गरेका छन्। उनले हाल पाँच कठ्ठा खेतमा बिरुवा लगाएका छन्। ‘यस फलको बारेमा धेरैका कुरा सुनेको थिए, सबैबाट राम्रो हुन्छ भनेको सुनेर यसतर्फ आकर्षित भएको हुँ, त्यसैले हाल थारै जमिनमा बिरुवा लगाएको छु’, उनले भने, ‘बिरुवा पनि सुरूमै धेरै किनेर लगाउन सकिएन। अब यही रोपेको बिरुवाबाट उत्पादन गरेर विस्तार गर्ने सोचमा छु।’

उन्नत जातको भनेर प्रतिगोटा रु तीन सयका दरले खरिद गरेर आठ सयवटा पिलरमा तीन हजार दुई सय बिरुवा लगाएको खड्काले बताए। ‘भर्खरै फल्न सुरू गरेकोले स्थानीय बजारमा थोरै थोरै पठाउने गरेको छु । मागको अवस्था हेर्दा खेती बढाउने योजनामा छु’, उनले अगाडि भने।

उनजस्तै जिल्लाको लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानमा किसानले परीक्षणस्वरुप हाल यो फलको खेती गरिरहेका छन्। ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा युवापुस्ताको समेत आकर्षण बढ्दै गएको छ। यसले जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती गरेर स्वरोजगार हुने क्रम बढेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवले बताए।

यहाँको मौसम तथा भूगोलअनुसारको बिरुवा रहेकाले उत्पादन राम्रो हुने उनको दाबी छ। ड्रागन फ्रुट रोपेपछि पाँच वर्षसम्म बिरुवा हुर्कने र २० वर्षसम्म उत्पादन दिने केन्द्र प्रमुख यादवले बताए। ‘सुरूमा केही वर्ष बिरुवा हुर्काउन समय लाग्छ तर फल लाग्न थालेपछि नियमति रूपमा वर्षौँसम्म उत्पादन हुने भएकाले पनि यहाँका धेरै किसान यसतर्फ आकर्षित हुन थालेका छन्’, उनले भने।

यस खेतीलाई बढाउनका लागि तीनै तहका सरकारले प्रविधि र अन्य सहयोग गर्न सके धेरै युवाहरू यसतर्फ आकर्षित हुने हाल व्यवसाय गरिरहेका कृषकहरूले बताउने गरेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार