असार २८, २०८२ शनिबार July 12, 2025

भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन

परिवारका अन्य सदस्यहरू अन्तिम संस्कारका लागि आइतबार दिल्ली आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, २७ साउन ।  लामो समयदेखि बिरामी रहेका भारतका पूर्व बिदेश मन्त्री के. नटवर सिंहको शनिबार राति निधन भएको छ । उनी ९३ वर्षको थिए ।

उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए । पारिवारिक स्रोतका अनुसार उनका छोरा अस्पतालमा छन् र उनको परिवारका अन्य सदस्यहरू अन्तिम संस्कारका लागि आइतबार दिल्ली आउँदैछन्।

नटवर सिंहले २००४–०५ मा युपीए आई सरकारमा भारतको विदेश मामिला मन्त्रीको रूपमा सेवा गरेका थिए । सो अवधिमा प्रधानमन्त्रीको रुपमा मनमोहन सिंह थिए। उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए भने सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा रहेका थिए ।

नटवर सिंहको जन्म १६ मे १९३१ मा राजस्थानको भरतपुर जिल्लामा भएको थियो । उनको पूरा नाम कुँवर नटवर सिंह थियो र उनी शाही परिवारका थिए। उनले मेयो कलेज, अजमेर र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए ।  त्यसपछि उनी भारतीय विदेश सेवामा सामेल भए र १९५३ मा आफ्नो सेवा सुरु गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया