असार २२, २०८२ आइतबार July 6, 2025

प्रोत्साहन पारिश्रमिक भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले कर्मचारीले प्रोत्साहनभत्ता माग गरी बुधबार तालाबन्दी गरेका बताए । उनलाई विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयले अतिरिक्त पारिश्रमिक दिन नमानेपछि तालाबन्दी गरेको कर्मचारीले जनाएका छन् ।

विश्वविद्यालयले केन्द्रीय कार्यालयमा कार्यरत अधिकृतभन्दा माथिका कर्मचारीलाई तलबको २० प्रतिशत र सहायक स्तरकालाई २५ प्रतिशत अतिरिक्त पारिश्रमिक दिँदै आएको बताइएको छ ।

उनीहरुले चालू आर्थिक वर्षको असोजसम्मको अतिरिक्त पारिश्रमिक लिएको र  त्यसपछिको पारिश्रमिक माग गरेको बताएका छन् ।  उनीहरुले लकडाउनको तीन महिनाको  पारिश्रमिक नलिने जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार