असार २८, २०८२ शनिबार July 12, 2025

फैसला लम्बिँदा सहकारीपीडितहरूमाथि झन् अन्याय

इच्छाराजले ठगीको धेरै रकम पहिले नै विदेश लगेको पीडितहरूको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २८ श्रावण । छानबिन र न्याय निरुपणमा ढिलाइ हुँदा सहकारीपीडितहरू उपचार खर्च नपाएर ज्यान गुमाउने अवस्थामा पुगेका छन् । प्रहरीले सहकारी सञ्चालकलाई पक्राउ गरेर मुद्दा दायर गर्दासमेत पीडितहरूले वर्षाैँसम्म आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् ।

पछिल्लो तीन वर्षमा प्रहरीले २१५ सहकारी संस्थाका दुई हजार ११० जना सञ्चालक तथा कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । तर, मुद्दा दायर भएका कुनै पनि सहकारीका सदस्यले बचत फिर्ता पाएका छैनन् ।  मुद्दा अदालतबाट फस्र्योट नहुँदा आफूहरूमाथि झन् पीडा भइरहेको पीडितहरूको गुनासो छ ।

आर्थिक वर्ष ०८०/८१ मा मात्र प्रहरीले ९८ सहकारीमाथि ठगीमा मुद्दा चलाएको छ ।  यो अवधिमा २९४ जना पक्राउ परेका थिए । अन्य ८५६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।  यी मुद्दामा १२ अर्ब ७९ करोड ३८ लाख बिगो कायम गरिएको छ ।

आर्थिक वर्ष ०७९/८० मा ९३ वटा सहकारीका २०८ जना सञ्चालक र व्यवस्थापक पक्राउ परेका थिए । अन्य ५५३ जनालाई फरार प्रतिवादी बनाइएको थियो । ९३ वटा सहकारीमा ११ अर्ब ५३ करोड २८ लाख बिगो कायम भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७८ मा २४ वटा सहकारीका सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ । जसमा चार अर्ब ९९ करोड ५४ लाख बिगो कायम गरिएको छ । सो वर्ष ५० जना पक्राउ परेकामा १४९ जनालाई फरार प्रतिवादी बनाइएको थियो । यसरी दायर भएका मुद्दाहरू फैसला भएका छैनन् । केही मुद्दामा फैसला भए पनि सञ्चालकहरूको सम्पत्ति खोजेर लिलाम गर्नुपर्ने भएकाले लम्बिँदै गएको छ ।

यसबीचमा प्रहरीले दायर गरेको ठूलो मुद्दामध्ये एक सिभिल सहकारीको हो । सो सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ हाल कारागारमा छन् । उनीलगायतका सञ्चालकविरुद्धको ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको फैसलामा ढिलाइ हुँदा आफूहरूमाथि थप अन्याय भएको पीडितमध्ये एक डिल्ली भट्टराई बताउँछन् । ‘कतिपय पीडितहरू त संघर्ष गर्दागर्दै बितिसक्नुभएको छ,’ उनी भन्छन्, ‘हामीले आफ्नो पैसा फिर्ता पाउन कति वर्ष लड्नुपर्ने हो थाहा छैन ।’

सो सहकारीका सञ्चालकहरूका नाममा रहेका सम्पत्ति रोक्का छ । त्यसमध्ये कतिपय सम्पत्ति बैैंकको जमानतमा छ । जसकारण फैसलापछि पनि तत्कालै त्यो सम्पत्ति बेचेर पीडितहरूको बचत फिर्ता दिलाउन सम्भव हुने अवस्था छैन । इच्छाराजले ठगीको धेरै रकम पहिले नै विदेश लगेको पीडितहरूको आशंका छ ।  सो सहकारीविरुद्ध उजुरी परेको करिब दुई वर्षपछि मात्र अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको थियो । जसकारण सञ्चालकहरूले सम्पत्ति लुकाउन भ्याए ।

अनुसन्धान र कारबाहीमा ढिलाइ हुँदा आधा दर्जन सहकारी चलाएका गिरेन्द्रबाबु (जिबी) राई, सुमेरु सहकारीका सञ्चालक भरत महर्जनलगायत त योजनाबद्ध रूपमा नै ठगीको सम्पत्ति लिएर विदेश पुगिसकेका छन् । सुमेरुका सञ्चालक महर्जनविरुद्ध तीन वर्षअघि नै प्रहरीमा उजुरी पर्न थालेको थियो । तर, उच्च प्रहरी अधिकारीलाई समेत प्रभावमा पारेका महर्जन यहीबीचमा फरार भएका थिए । त्यस्तै, जिबी राईले पनि उजुरी परेपछि केही सम्पत्ति बेचेको प्रहरी अनुसन्धानमा खुलिसकेको छ ।

सबैजसो सहकारीका भएका सम्पत्ति पनि बैंकमा धितो रहेकाले त्यो बेचेको पैसा कसले पाउने भन्ने अन्योल छ । यही कारण सहकारी ठगीमा परेका सर्वसाधारणले न्याय पाउन ढिलाइ भइरहेको छ । अदालतबाटै फैसला हुँदा पनि सुधीर बस्नेत नेतृत्वको ओरियन्टल सहकारीका बचतकर्ताले पैसा तथा घरजग्गा पाउन सकेका छैनन् ।

विशेष अदालतका पूर्वअध्यक्ष तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष गौरीबहादुर कार्की सरकारकै कारण पीडितहरूले पैसा नपाउने अवस्था रहेको बताउँछन् । ‘सहकारीमा समस्या हुनेबित्तिकै सरकारले सञ्चालक र परिवारको सम्पत्ति रोक्का राख्नुपथ्र्याे,’ उनी भन्छन्, ‘धेरैले सम्पत्ति लुकाइसकेका छन्, त्यसकारण अब पीडितहरूले आफ्नो पैसा पाउन गाह्रो हुँदै गएको छ ।’ यही अवस्थाले कागजी रूपमा मात्र पीडितहरूले न्याय पाउने उनी बताउँछन् । ‘सहकारीका समस्यामा कुनै पनि सरकार गम्भीर देखिएनन्,’ कार्की भन्छन्, ‘कसलाई फसाउने र कसलाई जोगाउने भन्नेमा मात्र केन्द्रित हुँदा पीडितहरूमाथि अन्याय भएको हो ।’ आजको नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार