असार ३२, २०८२ बुधबार July 16, 2025

एएफसी च्यालेन्ज लिगमा आज चर्च ब्वाइज र पारो एफसी भिड्दै

नेपाली स्टारले भरिएको चर्च ब्वाइज भने घरेलु मैदानको फाइदा उठाउने लक्ष्यमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ श्रावण । एएफसी च्यालेन्ज लिग अन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसी भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजेबाट सुरु हुनेछ । बलिया विदेशी नामसहित नेपाल उत्रिएको पारो उत्कृष्ट नतिजासहित फर्किने लक्ष्यमा रहँदा नेपाली स्टारले भरिएको चर्च ब्वाइज भने घरेलु मैदानको फाइदा उठाउने लक्ष्यमा छ।

३ पटक विश्वकप खेलेका ३८ वर्षीय होन्डाको भुटानी टोलीमा छन् । यो पटक पारोले होन्डासँगै कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ।

पारो एफसी कप छनौट खेल्न गत वर्ष पनि नेपाल आएको थियो । त्यो खेलमा मच्छिन्द्र क्लबले बाजी मारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया