मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इङ्ल्याण्डका क्रिकेटर ग्राहम थोर्पको मृत्युको रहस्य खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २९ श्रावण । गत हप्ता इंग्ल्याण्डका पूर्व ब्याट्सम्यान ग्राहम थोर्पको ५५ वर्षको उमेरमा निधन भएको थियो । अहिले उनको परिवारले थोर्पले ‘आफैं आफ्नो ज्यान लिएको’ बताएका छन् । थोर्पले इङ्ल्यान्डका लागि १०० टेस्ट र ८२ ओडीआई खेलेका थिए ।

द टाइम्सलाई दिएको अन्तर्वार्तामा थोर्पकी पत्नी अमान्डाले उनका श्रीमान् पछिल्ला वर्षहरूमा डिप्रेसनबाट पीडित रहेको बताइन्।

उनले अखबारलाई भनिन्, “श्रीमती र दुई मायालु छोरी भए पनि उनको अवस्थामा सुधार आउन सकेको थिएन। पछिल्लो समय उनी निकै अस्वस्थ थिए र उनलाई परिवारलाई उनको आवश्यकता नभएको महसुस हुन थालेको थियो। उनको यो कदमबाट हामी गहिरो दुःखी छौं।”

थोर्प विगत केही वर्षदेखि डिप्रेसनबाट पीडित रहेको श्रीमती अमान्डाले बताइन् । उनले २०२२ को मे महिनामा पनि थोर्पले आफ्नै ज्यान लिने प्रयास गरेको र धेरै दिनसम्म आईसीयूमा बसेको बताइन् ।

ग्राहम थोर्प आफ्नो पुस्ताका अनुभवी ब्याट्सम्यान थिए। उनले ८२ एकदिवसीय खेलमा २३८० रन बनाएका छन् भने १०० टेस्ट खेलमा ६ हजार ७४४ रन बनाएका छन् । जसमा १६ शतक पनि समावेश छ ।

सन् २००५ मा सन्यास लिएपछि उनी कोचिङतर्फ लागे । अब परिवारले ग्राहम थोर्पको नाममा फाउन्डेसन स्थापना गर्ने घोषणा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार