असार २८, २०८२ शनिबार July 12, 2025

एक महिनादेखि यातायात कार्यालयको सेवाप्रवाह अस्तव्यस्त

दैनिकजसो सर्भर अवरुद्ध, सेवाग्राही र कर्मचारीबीच तनाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ३० श्रावण । यातायात व्यवस्था विभागको सर्भरमा समस्या आउँदा देशभरका यातायात कार्यालयको सेवा प्रभावित बनेको छ । एक महिनादेखि दैनिकजसो यातायातको सर्भर ‘डाउन’ हुने समस्या छ । सर्भरको समस्याले सेवाग्राही हैरान छन् ।

सर्भरमा समस्या आएको भन्दै यातायात कार्यालयहरूले सेवाग्राहीलाई फर्काउने गरेका छन् । लाइसेन्सको फाराम भर्ने, नवीकरण गर्ने, सवारीसाधन नवीकरण गर्ने तथा किनबेचका काम अवरुद्ध हुँदै आएका छन् । सामान्य अवस्थामा समेत यातायात कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन्छ । त्यसमा सर्भरको समस्यापछि सेवाप्रवाह अस्तव्यस्त छ ।

यायातात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार साउनको सुरुदेखि नै यातायातको सर्भरमा समस्या आउन थालेको हो । ‘यातायातको सफ्टवेयरमा बारम्बार समस्या आएको छ, हाम्रो प्राविधिक टिमले बनाउने प्रयास गरिरहेको छ,’ उनले भने, ‘एउटै मात्र सर्भर भएकाले पनि समस्या आएको हो, अब बिस्तारै सर्भरको जिम्मेवारी प्रदेश सरकारलाई दिन्छौँ ।’ यसका लागि शुक्रबार प्रदेशका यातायात मन्त्रीहरूसँग सामूहिक छलफल हुन लागेको उनले सुनाए ।

सर्भर विभागको नियन्त्रणमा हुन्छ । यातायात कार्यालयहरू भने प्रदेश सरकारमातहत छन् । जसकारण प्रदेश कार्यालयले यो समस्याको आरोप केन्द्र सरकारलाई दिँदै आएका छन् ।

यातायात व्यवस्था कार्यालय, ठूलोभर्‍याङका प्रमुख विमल भट्टराई सर्भरको समस्याका कारण कर्मचारी र सेवाग्राहीले तनाव झेल्दै आएको बताउँछन् । छिटो समस्या समाधानका लागि संघीय सरकारलाई आग्रह हुँदै आए पनि समस्या लम्बिएको उनी बताउँछन् ।

यातायात व्यवस्था विभाग स्रोतका अनुसार यातायातको सर्भरमा भारतीय कम्पनी मद्रास सेक्युरिटीको नियन्त्रण रहँदै आएको छ । सोही कम्पनीको बदमासीका कारण पनि समस्या हुने गरेको स्रोत बताउँछ । पछिल्लो समय नक्कली लाइसेन्स प्रकरणमा यातायातका कर्मचारी धमाधम पक्राउ पर्न थालेपछि सर्भरमा समस्या देखिन थालेको भन्दै यो नियोजित भएको आशंकासमेत गरिएको छ । सिस्टमको कमजोरीमा खेलेर करिब परीक्षाविना नै करिब एक लाख लाइसेन्स जारी भएको विभागकै छानबिनबाट खुलिसकेको छ । जसको प्रहरी र अख्तियारबाट समेत थप छानबिन भइरहेको छ । केही कर्मचारी कारागारमा छन् भने केही फरार छन् । आजको नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार