असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा थप ७ सय ४० जनामा काेराेना संक्रमण पुष्टिः संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लाे २४ घण्टामा देशभर गरिएकाे परीक्षणमा ७ सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता  प्राडा. जागेश्वर गाैतमले हालसम्म कोरोनाका कुल संक्रमितकाे संख्या १५ हजार २ सय ५९ पुगेकाे जानकारी दिए ।

प्रवक्ता गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ६ हजार १ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ ।

हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया