असार २५, २०८२ बुधबार July 9, 2025

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्वाचित

काँग्रेसका सांसद न्यौपानेको एकल उम्मेदवारी परेपछि निर्विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाई समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको सभापति पदका लागि आज भएको निर्वाचनमा नेपाली काँग्रेसका सांसद न्यौपानेको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

समितिको सभापति चयनका लागि सभामुख देवराज घिमिरेले मङ्गलवार नै मिति तोक्नुभएको थियो भने बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको थियो ।

सुनुवाई समितिमा हालसम्म समितिको ज्येष्ठ सदस्यको हैसियतले सांसद पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्दै आउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया