असार ३२, २०८२ बुधबार July 16, 2025

स्पेनिस ला लिगा सुरु : दुवै खेल बराबरीमा रोकियो

प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिकले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ३२ गते । स्पेनिस ला लिगाको नयाँ सिजन २०२४/०२५ सुरु भएको छ । बिहीबार राति भएको उद्घाटन सत्रका दुवै खेल बराबरीमा सकिएको छ ।

पहिलो खेलमा एथ्लेटिक क्लब र गेटाफे १–१ गोलको बराबरीमा रोकियो । यस्तै अर्को खेलमा रियाल बेटिस र जिरोनाले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिकले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । एथ्लेटिकका ओइहान सन्सेटले २७औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि ६४औँ मिनेटमा पाहुना टोली गेटाफेका क्रिष्टान्टस उचेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

अर्को खेलमा रियल बेटिसले मार्क बाट्राको गोलका छैटौँ मिनेटमै खाता खोलेको थियो । त्यसपछि जिरोनाले ७२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । जिरोनाका गाब्रियल मिसओउले गोल गर्दै खेल बराबरीमा सक्नुभएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया