श्रावण २, २०८२ शुक्रबार July 18, 2025

औषधिको मूल्य समायोजन गर्न जरुरी : स्वास्थ्यमन्त्री पौडेल

औषधिको मूल्य समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अप्ठ्यारो भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताएका छन् ।

ललितपुरमा शुक्रवार नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले औषधिको मूल्य समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अप्ठ्यारो भइरहेको बताए। उनले औषधिको मूल्य समायोजन नहुँदा धेरै मानिसहरू ठगिएको बताए । उनले मूल्य समायोजन नहुँदा ठगी र महँगीका धेरै प्रश्न उठिरहेको बताए ।

उनले उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले निगरानी बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्न कुरा स्थापित गर्न राज्यले चाहेको भए औषधिमा र स्वास्थ्य संस्थाहरूमा उपकरण र जनशक्तिमा लगानी बढाउन आवश्यक रहेको बताए । उनले राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्य क्षेत्रको लगानी बजेटको ९/१० प्रतिशत बनाउन जरुरी रहेको बताए।

मन्त्री पौडेलले बिमाको श्रोत सुनिश्चित गर्नुपर्ने बताए । उनले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बिमामा ल्याएर जोड्नुपर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया