असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन- प्रधानमन्त्री ओली

अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ १ भाद्रः  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

यसअघिको सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै उनले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरे । उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।

‘राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरुलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए ।’, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले भने, ‘वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरुले आफ्नो कर्म र दायित्वलाई इमान्दाररुपमा निर्वाह गरिदिए पुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरु समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनु भनेको जागिरे हुनु होइन, एक प्रकारको जागरण हो ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न शिक्षक सङ्गठनबाट प्रवेश गर्नेहरुलाई प्रवेश गराए भने रिमोटका माध्यमबाट सो सङ्गठनको ललितपुरस्थित नयाँ भवनको उद्घाटन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार