मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

करातेकी एरिका र टेबलटेनिस स्यान्टु सम्मानित

२००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्टपछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। करातेकी एरिका गुरुङ र टेबलटेनिसकी स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । हाम्रो खेलकुद अनलाइनको नवौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज ललितपुरमा आयोजित कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले खेलाडीलाई सम्मान गरे । उनीहरूलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले सम्मान ग्रहण गरेका थिए । एरिकाले गत वर्ष चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा रजत पदक जितेकी थिइन् । स्यान्टु पेरिस ओलम्पिकका लागि छनोट हुन सफल भएका थिए ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी सङ्गीना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्टपछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् ।

राखेपका सदस्यसचिव घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, प्रशिक्षक कपाली, एरिकालगायतले कार्यक्रममा सम्बोधन गरॆका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार