श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाल पनि मंकीपक्सको जोखिममा छ : स्वास्थ्य मन्त्रालय

यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।

मन्त्रालयले पुर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।

विश्व स्वास्थ्य सांगठनले गत साता मंकीपक्स अर्थात एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया