श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु

१६ हजार सात सय जनामा सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कंगो, भदौ ४ गते । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताउनुभयो । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरु छन् ।

डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठुलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताउनुभयो ।

अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको सङ्ख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया