श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनु हुँदैन : डा. कोइराला

स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको वातावरण सहज बनाउनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ भदौः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुने बताउनुभएको छ ।

सुनकोशी ईन्द्रवाती सेवा समाज सिन्धुपाल्चोकले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुनेमा जोड दिनुभयो ।

नेता डा कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताउनुभयो । “मेडिकल शिक्षा अत्यन्त महङ्गो र हुनेखानेले मात्र पढ्ने खालको बनेको छ, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको वातावरण सहज बनाउनुपर्छ”, डा कोइरालाले भन्नुभयो ।

उहाँले सरकारी अस्पतालमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएको बताउनुभयो । “त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन, अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु”, उहाँले प्रश्न गर्नुभयो ।

स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया