बैसाख १३, २०८२ शनिबार April 26, 2025

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लबले पाँचथर फुटबल क्लबलाई १-० गोलअन्तरले हरायो

विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब विजयी भएको छ । मङ्गलबार भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सिराहा विजयी भएको हो ।

सलहेस युवा क्लबको जितका लागि खेलको ४१औँ मिनेटमा जय गुरुङले गोल गर्न सफल हुनुभएको थियो । गुरुङले गरेको उक्त गोल नै जितका लागि निर्णायक बन्यो । निर्धारित समयावधिभर दुवै टोलीबाट प्रतिस्पर्धात्मक खेल प्रदर्शन भए पनि पाँचथर भने गोल गर्नमा चुक्न पुग्यो । पाँचथरले हारसँगै प्रतियोगिताबाट बाहिरिनुपरेको छ ।

यता मङ्गलबारको खेलमा सिराहाको तर्फबाट गोलकर्ता बनेका गुरुङले सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । बुधबारको खेल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा यूथ क्लब मोरङबिच हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

यसअघि सोमबार भएको उद्घाटन खेलमा आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लब फुङ्लिङले जितेको छ । पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ को गोलअन्तरले पराजित गर्दै सङ्घर्ष विजयी बनेको हो ।

यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार