असार २४, २०८२ मंगलबार July 8, 2025

भारतको कोठीमा अलपत्र ६ नेपाली महिलाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको दिल्लीमा अलपत्र अवस्थामा रहेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ ।

गत फाल्गुन २९ गते नेपालगन्ज नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्‍याइदिने भन्दै भारतको परारी जोर्‍दा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

शान्ति पुनस्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको हो । मोरङका चार, झापा र पर्वतका एक–एक जना महिलालाई उद्धार गरिएको शान्ति पुर्नस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

महिलाहरुलाई कुबेत र इरानमा निःशुल्क पठाइदिने भन्दै भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा उनीहरुको खोजतलास गरीएको थियो । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया