असार २२, २०८२ आइतबार July 6, 2025

दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द

उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध मात्र बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ५ भदौ । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूध बिक्रीका लागि आग्रह गरिएको भन्दै पर्याप्त उपलब्ध हुन नसकेपछि उद्योग बन्द गरिएको बताए। “एक पटक सञ्चालन गर्न कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ”, उनले भने, “उद्योग नियमित सञ्चालन गर्न पर्याप्त दूध उपलब्ध हुनु जरुरी छ ।”

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले किनेर मेसिन बिग्रन नदिन उद्योग पुनः सञ्चालनको योजना बनाइएको प्रबन्धक पराजुलीले जानकारी दिए । “गत वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था आएको थिएन”, उनले भने ।

प्रबन्धक पराजुलीका अनुसार उद्योगमा ३३ जना कर्मचारी छन् । उद्योग सञ्चालन नहुँदा मासिक १५ लाख तलब, मेसिन तथा भौतिक संरचना व्यवस्थापनमा खर्च हुने गरेको उनले जानकारी दिए । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फार्मले नलगेपछि दुई पटक गरी झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो । अहिले ती सामग्री लैजाने क्रम जारी छ । केही महिनाभित्र सबै सामग्री खाली हुने उनको भनाइ छ ।

उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध बाँकी छ । केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध थियो ।

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापित उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार