कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेप्से सामान्य अंकले बढ्यो, १८ अर्ब ९० करोडको कारोबार

एक सय वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तीव्र उतारचढावका बिच बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । बुधबार २.११ अंकले बढ्दै नेप्से सूचक २९ सय ६८.४४ विन्दुमा उक्लिएको हो ।

आइतबार नेप्से सूचक ३४.४७ अंकले घट्दै २९ सय ६६.३३ विन्दुमा झरेको थियो ।

आइतबार २८ अर्ब २७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम भने झण्डै १० अर्ब रुपैयाँले घट्दै १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको मात्र भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

सोमबार र मंगलबार बिदा भएकाले सेयर कारोबार पनि बन्द रहेको थियो ।

बुधबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख ३९ हजार ५७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

बुधबार एक सय वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । चार वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकले समान १० प्रतिशतले गुमाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार