काठमाण्डौं, ०६ भदौ । राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ।
यो अफरअन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ।
फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले जनाएको छ। यो कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध हुनेछ।
यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यही भाद्र १ गतेदेखि २०८१ कात्तिक मसान्तसम्म रहनेछ।
ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया