असार २६, २०८२ बिहिबार July 10, 2025

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाइँदै

सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन, स्मार्ट बोर्ड र इलेकट्रोनिक्स डिभाइसका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रविधिमैत्री बनाउने काम अगाडि बढाएको छ । नगरपालिकाभित्रका ३३ वटै सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन जडानको काम अगाडि बढाएको हो ।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगगरी पढाई गर्ने व्यवस्था मिलाउन लागिएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । “विशेषगरी बालविकासका कक्षामा पढ्ने बालबालिकालाई लक्षित गरी प्रत्येक सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन, स्मार्ट बोर्ड र इलेकट्रोनिक्स डिभाइसका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “नगरभित्रका सामुदायिक विद्यालयलाई नमुना बनाएर शिक्षाको खस्किँदै गएको गुणस्तरलाई उचाइमा पु¥याउने काम भइरहेको छ ।”

विद्यालयको आवश्यकताका आधारमा ब्ल्याक एण्ड ह्वाइट प्रिन्टर, कलर प्रिन्टर, प्रोजेक्टर, कम्युटरलगायत सामग्रीको व्यवस्था गर्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयलाई उपलब्ध गराइएका इलेकट्रोनिक्स डिभाइसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे नगरपालिकाको सूचना प्रविधि शाखामार्फत विद्यालयका स्रोत शिक्षकलाई तालिम दिने काम गरिएको छ । विद्यालयको गतिविधि नियाल्नका लागि नगरपालिकाले आन्तरिक संयन्त्र तयार गरेको छ ।

नगरभित्र रहेका विभिन्न जातजातिको कलासंस्कृति साहित्य र भेषभूषा संरक्षणका लागि विद्यालय तहबाटै जानकारी दिने कामका लागि विद्यार्थीलाई प्रोत्साहित गर्ने काम नगरपालिकाले गर्दै आएको छ ।

गुणस्तरीय शिक्षाका लागि नगरभित्र रहेका विद्यालयको काम सम्पादन एवं गुणस्तर मापन गर्ने संयन्त्र बनाई उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको नगर प्रमुख ओझाको भनाइ छ । यसअघि नगरपालिकाले विद्यालयमा तहगत रुपमा शिक्षकको दरबन्दी मिलानको कामसँगै प्रधानाध्यापक व्यवस्थापनको काम गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार