श्रावण १, २०८२ बिहिबार July 17, 2025

कर्णाली स्वास्थ्य प्रतिष्ठानको दीक्षान्त हुँदै

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सहभागिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, ७ भदौँ । स्थापनाको १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ आयोजना गर्ने भएको छ ।

समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आइसकेको जनाइएको छ । प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ जना विद्यार्थी दीक्षित हुनका लागि योग्य छन् ।

प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कूल ५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सहभागिता हुनेछ । सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

समारोहमा विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत समारोहमा सहभागी हुने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार