असार २६, २०८२ बिहिबार July 10, 2025

नक्कली शैक्षिक प्रमाणपत्रधारी तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक शाहूविरुद्ध मुद्दा दायर

डा.राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ७ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं.४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा लाभ लिएको आरोप लगाएको छ ।

शाहूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शाहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा नियुक्त हुन डा.राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेको र उक्त प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ ।

शाहूलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार