श्रावण १४, २०८३ बिहिबार July 30, 2026

जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लव र विभिन्न सङ्घ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, ८ भदौः मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बिनियोजन गरेको रु १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर चौडाई भएको खेलमैदान र पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष निकेश शेरचनले बताउनुभयो ।
“विसं २०५५ मा निर्माण भएको खेलमैदान स्तरोन्नति नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या भएको थियो”, उहाँले भन्नुभयो “आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट खेलमैदानलाई व्यवस्थित र पूर्वाधार तयार पारेर प्रयोगमा ल्याइएको छ ।”
एक सय १५ मिटर लामो र ७० मिटर चौडाई भएको खेलमैदानको सेभेन ए साइडको मापदण्ड अनुसारको भागमा माटो र बालुवा मिसाएर  निर्माण गरिएको छ । डिलतर्फ तारजाली, खेलमैदानको वरपर नाली र प्रवेशद्वार निर्माण गरिएको अध्यक्ष शेरचनले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लव र विभिन्न सङ्घ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।
मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले जिल्ला सदरमुकाममा व्यवस्थित खेलमैदानको आवश्यकता महसुस गरेर प्रदेश सरकारबाट योजना भित्र्याइएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले गत आवमा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत २५ वटा खेलमैदान योजना कार्यान्वयन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री सुधन गुरुङलाई हटाउन जेन–जी समूहको माग
२०८३ श्रावण १४, बिहिबार
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार