असार २३, २०८२ सोमबार July 7, 2025

‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम

प्रतिस्पर्धामा पुरुषतर्फ भीमबहादुर तामाङ र महिलातर्फ सपना ढुङ्गेल प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ भदौः पन्ध्र मिटर उचाइको वाल क्लाइम्बिङ प्रतिस्पर्धामा पुरुषतर्फ भीमबहादुर तामाङ र महिलातर्फ सपना ढुङ्गेल प्रथम हुनुभएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित खुल्ला वाल क्लाइम्बिङ प्रतियोगिता (शीर्ष डोरी संस्करण)मा तामाङले ३६ मिनेट ६९ सेकेन्ड र ढुङ्गेलले ५५ मिनेट ३७ सेकेन्ड समयमा उचाइ चढ्दै प्रथम स्थान हासिल गर्नुभएको हो । धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा आयोजित प्रतियोगितामा पुरुषतर्फ ५७ र महिलातर्फ २३ जनाले सहभागिता जनाउनु भएको थियो ।

प्रतिष्ठानको स्पोर्टस कमिटीले आयोजना गरेको प्रतिस्पर्धामा छिरिङ राई द्वितीय, विजय श्रेष्ठ तृतीय, विशाल भट्ट चौथो र आशिष हेम्बाले पाँचौँ स्थान हासिल गर्नुभयो । प्रथम स्थान हासिल गर्न सफल तामाङलाई नगद रु चार हजारसहित पुरस्कृत गरिएको छ ।

यस्तै, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने विजेतालाई क्रमशः रु तीन हजार, रु दुई हजार, रु एक हजार पाँच सय र रु एक हजार नगदसहित पुरस्कृत गरिएको हो । महिलातर्फ प्रथम ढुङ्गेललाई रु चार हजार नगदसहित पुरस्कृत गरिएको छ । यस्तै, जस्मिन कार्की द्वितीय, सरस्वती खडका तृतीय, निर्मला भट्ट चौथो र बिनु राई पाँचाँै स्थान हासिल गर्न सफल हुनुभयो । उहाँहरूलाई क्रमशः रु तीन हजार, रु दुई हजार, रु एक हजार पाँच सय र रु एक हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताका इन्चार्ज सुस्मिता श्रेष्ठले पर्वतारोहण विषयमा स्नातक अध्ययनबारे थप जानकारी दिँदै अध्ययनका लागि प्रोत्साहन गर्नेे उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई लक्षित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायक एवं प्रशिक्षक लाक्पा शेर्पाले उचाइसम्म पुग्न लाग्ने समय र प्वालमा समातेको स्कोरका आधारमा अंश प्राप्त हुने जानकारी दिनुभयो । नेपाल आरोहण खेल सङ्घका उपाध्यक्षसमेत रहनुभएका शेर्पाले वाल क्लाइम्बिङ एवं चट्टान आरोहण खेल मनोरञ्जन र व्यवसायका रुपमा पनि सम्भावना बोकेको खेल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको भौगोलिक अवस्थितिअनुसार यो महत्वपूर्ण सम्भावना बोकेको साहसिक खेल हो । ओलम्पिकमा समेत समावेश गरिएकाले यस खेललाई नयाँ युवापुस्तालाई साहसिक खेलमा सहभागी गराउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार