असार २६, २०८२ बिहिबार July 10, 2025

एसईईको उत्तरपुस्तिका हेर्न प्रति विषय दुई हजार तिर्नुपर्ने

पुनर्योग गराउन निवेदन दिएका परीक्षार्थीहरूले भदौँ २१ गतेभित्र निवेदन दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसईई– २०८० को पुनर्योगमा चित्त नबुझेमा उत्तरपुस्तिका हेर्न मिल्ने व्यवस्था गरेको छ । परीक्षार्थीले प्रति विषय दुई हजार तिरेर निवेदन दिएपछि उत्तरपुस्तिका हेर्न पाईने जनाएको हो ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित भएका परीक्षार्थीहरू मध्ये पुनर्योग गराउन निवेदन दिएका परीक्षार्थीहरूले पुनर्योगका लागि निवेदन दिएका विषयका उपर चित्त नबुझेमा उत्तरपुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ बमोजिम उत्तरपुस्तिका हेर्न मिल्ने जनाएको छ ।

यसका लागि परीक्षार्थीले भदौँ २१ गतेभित्र प्रक्रिया पुरा गरेर परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिनुपर्ने छ । साथै पुनर्योगका लागि निवेदन दिएका विषयहरू मध्ये नतिजामा चित्त नबुझेका उत्तरपुस्तिका हेर्न चाहेका विषयहरूमा प्रति विषय दुई हजारका दरले राजस्व खातामा रकम जम्मा गर्नुपर्नेछ ।

उत्तरपुस्तिका हेर्न पाउँ भन्ने निवेदनको ढाँचामा उल्लेख गरिएका कागजातहरू सहित निवेदन दिएका परीक्षार्थीहरूले तोकिएको ढाँचामा कबुलियतनामा गरे पश्चात् उत्तरपुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ को दफा ३ (३) बमोजिम विषयगत विज्ञ र अभिभावक समेतको उपस्थितिमा उत्तरपुस्तिका हेर्ने व्यवस्था मिलाइने परीक्षा नियन्त्रण कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

उत्तरपुस्तिका हेर्ने दिन र समय परीक्षार्थीले कबुलियतनामामा प्रदान गरेको सम्पर्क नम्बरमा जानकारी गराई उत्तरपुस्तिका हेर्न दिइने व्यवस्था गरेको छ ।खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार