काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।
साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए ।
यो जितपछि अल हिलालले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया