असार २६, २०८२ बिहिबार July 10, 2025

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागको प्रमुखमा पासाङ शेर्पा नियुक्त

भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखमा डा. करुणाखर खतिवडा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको विभागीय प्रमुखमा सह–प्राध्यापक डाक्टर पासाङ शेर्पा नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकले शेर्पालाई आगामी चार वर्षका लागि विभागीय प्रमुखमा नियुक्त गरेको त्रिविका रेक्टर प्राडा खड्क केसीले जानकारी दिए ।

निकै चर्चामा रहेको विभागको विभागीय प्रमुख अन्ततः शेर्पाले हात पारेका हुन् । यसअघि मानविकी तथा सामाजिकशास्त्र सङ्कायले पहिलो नम्बरमा टिकाराम गौतमलाई राखेर सिफारिस गरेको थियो । गौतमलाई पहिलो नम्बरमा राखेर प्रमुख नियुक्तिका लागि सिफारिस भएपछि निकै विवादमा तानिएको थियो । गौतमलाई विभागीय प्रमुख बनाउन विद्यार्थी नेताहरूबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षा व्यवस्था माग गरेका थिए ।

विभागीय प्रमुख डा. युवराज लुईंटेलको चार वर्षे कार्यकाल साउन ३२ गते सकिएको थियो । कार्यकाल सकिनुअघि उनले विभागीय प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । जसमा पहिलो वरीयतामा पासाङ शेर्पा, दोस्रोमा टीका गौतम र तेस्रोमा मनहरी ढकाल थिए ।

त्रिवि समाजशास्त्र विभागको प्रमुखमा पासाङ शेर्पा नियुक्त

तर, मानविकी तथा सामाजिक शास्त्र सङ्कायकी डीन प्राडा कुसुम शाक्यले दोस्रो वरीयतामा रहेका गौतमलाई पहिलो नम्बरमा सिफारिस गरेकी थिइन् । कांग्रेस निकट सह–प्राध्यापक गौतमलाई कांग्रेस निकटकै प्राध्यापक संघबाट डीन बनेकी शाक्यले प्रमुखका लागि सिफारिस गरेकी थिइन् ।

त्यस्तै भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखमा डा. करुणाखर खतिवडा नियुक्त भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार