असार २८, २०८२ शनिबार July 12, 2025

‘ब्लू लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : राष्ट्रसङ्घ

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्यूयोर्क, १० भदौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान–इजरायल सीमाको ‘ब्लू लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताएका छन् ।

लेबनान र इजरायलले ‘ब्लु लाइन’ पार गरी गरेको गोलीबारीमा उल्लेखनीय वृद्धि भएकोमा महासचिव चिन्तित रहेको राष्ट्रसङ्घका प्रमुखका प्रवक्ता स्टेफन दुजारिकले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

राष्ट्रसङ्घीय प्रमुखले तनाव र यसका लागि जिम्मेवार पक्षहरूलाई तत्काल शत्रुता अन्त्य गरी राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन् ।

आइतबार, इजरायली संस्थाले दक्षिणी लेबनानका क्षेत्रहरूलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।

इजरायली सैन्य इकाईले अक्टोबर ७ देखि गाजापट्टीमा चलिरहेको क्रूर आक्रमणको संयोजनमा दक्षिणी लेबनानका क्षेत्रहरूमा बमबारी बढाउँदा निहत्था नागरिकको हताहत हुनुका साथै सयौँ परिवारलाई घर छोड्न बाध्य पारेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार