असार ३१, २०८२ मंगलबार July 15, 2025

ताप्लेजुङ गोल्डकप उपाधि मोरङले जित्यो

मोरङले सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, भदौ १० गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि जितको हो ।

उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गर्नुभएको थियो । ताप्लेजुङ गोल्डकपको उपाधि हात पार्नका लागि भुजेलले गरेको उक्त गोल नै प्रयाप्त बन्यो । खेलको सुरुवात अवस्थामा नै मोरङलाई एक गोलको अग्रता प्राप्त भएपछि खेललाई बराबरीमा लैजान सिराहाले निकै आक्रामक खेलेको थियो । अन्तिमसम्म आक्रामक खेल प्रदर्शन गरे पनि सिराहा गोल गर्न भने सफल भएन ।

सगरमाथा युथ क्लबले उपाधि जितेसँगै ट्रफी, मेडल र प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको सलहेश युवा क्लबले मेडल, प्रमाणपत्र र नगद दुई लाख ५० हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपरेको छ । प्रतियोगिताको सेमीफाइनलमा मोरङ आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई हराउँदै सिराहा फाइनलमा पुगेका थिए ।

यसैगरी सोमबार भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी सगरमाथाका सौभाग्य राई सबोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै सगरमाथाकै गोलकर्तासमेत रहेका विजय भुजेल सर्वश्रेष्ठ खेलाडीका रुपमा पुरस्कृत हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

त्यस्तै उत्कृष्ठ गोलरक्षकमा मोरङका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्स सिराहाका कुलदिप कार्की, उत्कृष्ट मिडफिल्डर सिराहाकै सन्तोष खत्री घोषित हुनुभयो । उहाँहरु तीनैजनाले समान १०–१० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

यता प्रतियोगिताका बिजेतालाई प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले ट्रफी, मेडल, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गर्नुभयो । उपबिजेता र विभिन्न विधागत उपाधि प्राप्त गर्ने खेलाडीलाई प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, खगेनसिंह हाङ्गाम, निर्मला तावा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा लगायतका जनप्रतिनिधिले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारहरु वितरण गर्नुभएको थियो ।

प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्ने प्रतियोगितामा यसवर्ष भारतको सिलिगुढी, नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, सुपर लिग खेलेको बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसहित आठ टोली सहभागी भएका थिए । उता लाखेजात्राको अवसरमा आयोजना हुने गरेको यो प्रतियोगिता ताप्लेजुङकै खेल इतिहासमा पुरानो मानिँदै आएको छ ।

विगत २०२९ सालदेखि विभिन्न नाममा खेलाइँदै आएको प्रतियोगिता गतवर्षदेखि भने ताप्लेजुङ गोल्डकपका नाम दिएर आयोजना गर्न सुरु गरिएको हो । प्रतियोगितालाई निरन्तरता दिन र थप व्यवस्थित तथा उत्कृष्ट बनाउने उद्देश्यसहित यसवर्षदेखि पुरस्कार राशि पनि वृद्धि गरिउका आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

सुरुको पुरस्कार राशि वृद्धि गर्दै गतवर्ष सम्ममा विजेतालाई तीन लाख ११ हजार १११ रुपियाँ र उपविजेतालाई एक लाख ५१ हजार १११ रुपियाँ पुर्‍याइएको थियो ।चन्द्र पन्दाक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार